मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था


काठमाण्डाै : नेपाली कांग्रेसले आउँदो महाधिवेशनमा डिजिटल भोटिङको व्यवस्था सुनिश्चित गरेको दाबी गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा डिजिटल भोटिङ प्रविधिको विकास गरेको हो । 

यो प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो । प्रविधिमार्फत पार्टीको आउँदाे १४ औँ महाधिवेशनमै केन्द्र र सबै प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमताको विकास गरिएको छ । महाधिवेशन आउँदाे भदौ १६ देखि १९ गतेसम्म काठमाण्डाैमा गर्ने कार्यतालिका छ । 

विभागको बैठकले ‘डिजिटल भोटिङ’ को नमुना प्रदर्शनीको आन्तरिक कार्ययोजनासमेत तय गर्नाका साथै जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरूको नेटवर्क तयार गरिएको छ ।

महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्नेलगायत अन्य निर्णय पनि गरिएको विभागका सचिव मगरले बताउनुभयो । विभागले यसअघि नै ‘प्रविधि मैत्री अभियान’ का क्रममा पार्टीको वेबसाइटलाई आधुनिकीकरण र क्रियाशील सदस्यताको अभिलेखीकरण अर्थात ‘डाटा इन्ट्री’ को काम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।