मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिपि स्मृतिको अवसरमा काङ्ग्रेस अछामले गर्‍यो वृक्षरोपण र अन्तरक्रिया

बिपि स्मृतिको अवसरमा काङ्ग्रेस अछामले गर्‍यो वृक्षरोपण र अन्तरक्रिया

बिपि कोइरालाले अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक


बिपि कोइरालाले अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक : सभापति स्वार

अछाम – नेपाली काङ्ग्रेस अछामले महामानव जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ  स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ। दिवसको अवसरमा वृक्षरोपण र अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

पार्टी कार्यालय परिसर र मंगलसैन नगरपालिका वडा नम्बर ३ मा अवस्थित गुठीमा विभिन्न किसिमका बिरुवाहरु रोपिएको हो ।

वृक्षरोपण पछि भएको अन्तक्रिर्या कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वारले बिपि कोइरालाले अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए ।

बीपीले देखाएको देश र जनतालाई सर्वाेपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसलेआत्मसात गरे मात्र बीपीप्रति सच्चा सम्मान हुने बताए ।

‘नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि उहाँले गरेको योगदान सधैं स्मरणीय रहेकोे बताए ।

आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुने उनले बताए । बिपी कोइराला नेपाली काङ्ग्रेसको मात्र नभएर मुलुकको नेता भएको समेत उनको भनाइ छ ।

कार्यक्रममा पुर्व सांसद अक्कल बहादुर बिष्ट, पुर्व पाटी सभापति मेघराज खड्का, पुष्प बहादुर शाह, महासमिति सदस्य देवराज देवकोटा, बलबहादुर कुवर, प्रदेश सभा सदस्य अम्बि थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पार्टी सचिव नमबहादुर शाहीले गरेका थिए ।