मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करारमा रहेका स्वास्थ्यकर्मीको कार्यकाल ६ महिना थप

करारमा रहेका स्वास्थ्यकर्मीको कार्यकाल ६ महिना थप


काठमाडौं- कोभिड-१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधी ६ महिना थप हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत ३ साउनमा सचिवस्तरीय निर्णय गर्दै आवश्यकताका आधारमा करारका स्वास्थ्यकर्मीको पदावधी बढीमा ६ महिना थप्ने निर्णय गरेको हो। 

कोभिड महामारीपश्चात धेरै स्वास्थ्य संस्थाले करारमा धेरै स्वास्थ्यकर्मीहरू भर्ना गरेका छन्। यसअघि उनीहरूको करार अवधी असार मसान्तसम्म तोकिएको थियो।