मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले भन्यो– पछिल्लो हप्ता कोरोना संक्रमण बढ्यो

सरकारले भन्यो– पछिल्लो हप्ता कोरोना संक्रमण बढ्यो

खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डको उलंघन भयो


खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डको उलंघन भयो

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण पुनः बढेको बताएको छ । पछिल्लो हप्ता कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पलना गर्न आग्रह गरेको छ । 

“विगत एक हप्तामा संक्रमित हुने दर वढ्दो क्रममा छ । ५०० भन्दा वढी सक्रिय संक्रमित रहेका जिल्लाहरूमा मोरंङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन्,” मन्त्रालयले भनेको छ, “२०० माथि सक्रिय संक्रमित रहेका जिल्लाहरू २६ वटा छन् ।

जसमा अघिल्लो हप्ताको तुलनामा धेरै जिल्ला थपिएका छन् । त्यसैले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका वढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न÷गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वन्धित सबैमा अनुरोध गर्दछ ।”

संक्रमण जति घट्नु पर्ने हो त्यति घट्न नसकिरहेको भन्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा लुकिछिपी वा खुलमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उलंघन भइरहेको भन्दै यसो नगर्न आग्रह गरेको छ । 

“संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सवै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शैयालगायत पूर्वाधारहरू तथा सेवाहरू चुस्तदुरुस्त राख्नुहुन अनुरोध समेत छ,” मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।