मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुभेच्छुकहरूको आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएँ : भीम रावल

शुभेच्छुकहरूको आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएँ : भीम रावल


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । उनले आफ्ना मतदाता, जनप्रतिनिधि, आफन्त शुभेच्छुकको आग्रहको सम्मान गर्दै आफूले राजीनामा फिर्ता लिएको बताएका छन् । रावलले आफूले राष्ट्रहित र पार्टी एकताको लागि आवेगमा नआई राजीनामा दिएको समेत बताएका छन् ।
 
“स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताका लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएको थिएँ । सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजिवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु,” उनले ट्विटरमा भनेका छन् ।
  
रावलले गत साउन ३ गते सांसद पदबाट राजीनामा दिएका थिए । उनले समाभामुख अग्निप्रसाद सापकोटालाई भेटेर आज राजीनामा फिर्ता गरेका हुन् ।