मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज र भाेलि ठूलो पानी पर्ने सम्भावना कम

आज र भाेलि ठूलो पानी पर्ने सम्भावना कम


काठमाण्डाै – आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ । तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन ।

आउने सोमवार बेलुकादेखि भने मनसुन थप सक्रिय हुँदै जाने उहाँले बताउनुभयो । सोमवार बेलुकादेखि विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ ।