काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बैठक बुधबार बिहान ११ बजे बस्ने केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
उनका अनुसार बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । नेपालले सोमबार (हिजो) स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए । छलफलमा आफूले सम्मानजनक एकता चाहेको नेता नेपालले बताएका थिए ।
नेपालपक्षीय केही नेताहरुले वर्तमान सरकारमा सहभागी हुनुपर्ने बताउँदै आएका छन् । कतिपय नेताहरुले भने पार्टी एकता गरेर जानुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया