मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्तारुढ गठबन्धन कार्यदलले आजसम्म काम सक्ला ?

सत्तारुढ गठबन्धन कार्यदलले आजसम्म काम सक्ला ?


काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदललाई आजसम्म प्रतिवेदन बुझाउन भनिएको छ ।  

आजसमम प्रतिवेदन बुझाइसक्न मंगलबार साँझ बालुवाटरमा बसेको शीर्ष नेताहरूको बैठकले कार्यदललाई निर्देशन दिएको थियो । 

कार्यदलले प्रतिवेदन तयार पारेर बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको भन्दै बुधबार कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीबार मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका थिए । 

कार्यदलले भोलि–भोलि भन्दै समय लम्ब्याउँदै गए पनि न्यूनतम साझा कार्यक्रम, आचार संहिता तथा सरकार सञ्चालन कार्यविधि तयार पार्न सकेको छैन ।  

मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष यादव र कार्यदल संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।