मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सकिने

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सकिने


काठमाण्डाै – वैदेशिक रोजगारीमा जाने नागरिकले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सक्ने भएका छन् ।

वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसका लागि vaccine.moph.gov.np/public-request-form मा गएर राहदानीको सक्कल प्रमाणपत्र, सक्कल खोप कार्ड, पासपोर्ट साइजको फोटो, कबुलियतनामा लगायतका कागजातसहित आवेदन पेस गर्न सकिने छ ।

तीन दिनभित्रै विदेश जानुपर्ने नागरिकले भने यसबारे फारममा उल्लेख गरी भिसा र टिकट पनि पेस गर्नु पर्नेछ । यस्ता नागरिकको हकमा विभागले द्रुत सेवामार्फत चौबीस घण्टाभित्रै  र अन्यको हकमा भने तीन दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ ।

अनलाइनबाट फारम भर्न समस्या पर्ने नागरिकले भने कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आफैँ उपस्थित भएर खोप प्रमाणपत्रको लागि आवेदन दिन सक्नेछन् ।