मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोको जोखिममा अछामको सरानी गाउँ

पहिरोको जोखिममा अछामको सरानी गाउँ


अछाम: जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्धेबासिनीको सरानी गाउँ पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको हो ।

गाउँका १ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घरधुरी उच्च जोखिममा रहेको छ । अहिले पनी सो क्षेत्रमा पानी परिरहेको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाहरुले आफुलाई सुरक्षित स्थानमा सारिदिन आग्रह गरिरहेका छन् ।

पहिरो र गाउँको दुरी सय मिटरको रहेको छ । पहिरोका कारण स्थानीयबासीहरुको भोक निन्द्रा नै हराएको स्थानीय गोबिन्द खड्काले बताए । उनले भने,‘पहिरो बगीरहेको छ,खेतहरु भासिएको छ, कति बेला के हुने हो थाहै छैन ।’

सरानीको तल्लो टोलका २८ घर माथील्लो दलित टोलमा २५ घरधुरी पहिरोको जोखिममा परेको वडाध्यक्ष रमेशबहादुर खड्काले बताए ।

उनले भने,‘स्थलगत पहिरोको निरिक्षण गरेका छौ,उच्च जोखिममा रहेको परिवारलाई सुरक्षाकर्मीहरुको सहायतामा सुरक्षित स्थानमा सार्ने पहल भइरहेको छ ।’ दुई वर्ष पहिले पालिकाको वडा नम्बर ७ नन्देगडाका सुख्खा पहिरो पिडितहरुका लागी गाउँपालिकाकाले नमुना बस्ती समेत निमार्ण गरिदिएको छ ।

पहिरोका कारण १६ घरपरिवार विस्थापित भएका थिए । गत वर्ष बाढी पहिरोका कारण जिल्लामा ठूलो धनजनको क्षति भएको थियो । भदौ २ गते कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका–५ स्थित सैनीबजार बगाउँदा १७ जनाको ज्यान गएको थियो ।