मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैं अगावै विज्ञापन गर्ने प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमको तयारी

दशैं अगावै विज्ञापन गर्ने प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमको तयारी


धनगढी: सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले दशैं अगाडि नै निजामती सेवाका लागि विभिन्न पदपूर्ति गर्न विज्ञापन खोल्ने तयारी गरेको छ।

लोक सेवा आयोग गठन भएपछि पहिलोपल्ट विज्ञापन गर्न प्रदेशको मुख्यमन्त्री तथा  मन्त्रिपरिषद्को कार्यालबाट विभिन्न मन्त्रालय तथा प्रदेश सरकार मातहतका कार्यालयमा खाली रहेका दरबन्दीको विवरण माग गरिने बताइएको छ।

प्रदेश लोक सेवा आयोगका सचिव दुर्गादत्त विष्टले अहिले विभिन्न पदका लागि पाठ्यक्रम निर्माण गर्ने काम भइरहेको र सक्दो चाँडो विज्ञापन खोल्ने तयारीमा प्रदेश लोक सेवा आयोग जुटेको बताए। प्रदेश लोक सेवा आयोगले आवश्यक पर्ने निर्देशिका, कार्यविधि तथा आचारसंहिताको निर्माण गरिसकेको सचिव विष्टले बताए। 

प्रदेश निजामति ऐन पनि चालु अधिवेशनबाट पारित हुने सम्भावना रहेको बताउँदै सचिव विष्टले ढुक्क भएर परीक्षाको तयारी गर्न आग्रह गरेका छन्।

प्रदेश लोक सेवा आयोगलाई प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक पर्ने सहायक चौथोदेखि ११औं तहसम्म खुला तथा आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने जिम्मेवारी दिइएको छ।

लोक सेवा आयोगले विज्ञापन आव्हान गर्न नपाउँदा हालसम्म प्रदेश सरकार मातहतका मन्त्रालय तथा स्थानीय तहले आफूखुसी कर्मचारी करारमा भर्ना गर्दै आएका छन्।