काठमाडौं । आजदेखि सरकारले नेपाल मास्क अभियान सुरु भएको छ । कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्त्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि २९ गतेसम्म अभियान सञ्चालन हुनेछ । अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको छ ।
कोभिड संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल क्याम्पियन गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
अभियानअन्तरगत जनस्तरमा मास्कको सही प्रयोग भए÷नभएको अनुगमनसमेत गरिने केन्द्रले जनाएको छ ।
प्रतिक्रिया