मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी विवाद समाधानका लागि राष्ट्रपतिलाई आग्रह गरेको छैन : भीम रावल

पार्टी विवाद समाधानका लागि राष्ट्रपतिलाई आग्रह गरेको छैन : भीम रावल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टी विवादमा मध्यस्थता गरिदिनका लागि आफूले आग्रह नगरेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत ट्विटरमार्फत् नेता रावलले राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदनका लागि आफूले आग्रह नगरेको बताएका हुन् ।

“राष्ट्रपतिसँगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो । राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन,” उनले लेखेका छन् ।

गत शनिबार शीतलनिवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको भन्ने समाचार सार्वजनिक भएको थियो । भेटमा उनले राष्ट्रपतिसँग पार्टी विवाद मिलाइदिनका लागि आग्रह गरेको भनिएको थियो ।