मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट धनगढी गईरहेको स्कारपियो दुर्घटना, ४ जना घाइते

अछामबाट धनगढी गईरहेको स्कारपियो दुर्घटना, ४ जना घाइते


अछाम : बिरामी बोकेर धनगढी गईरहेको स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

अछामबाट धनगढी गईरहेको सु.प.प्र. ०१ ००१ च २६५८ नम्बरको स्कारपियो कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सल्लेघारीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कर्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दुर्घटनामा घाइते भएका स्कारपियो चालक अछामको साफेबगर नगरपालिका वडा नम्बर १ का गोपी धामीको अवस्था गम्भीर रहेको बताए।

‘स्कारपियोमा सवार साँफेबगर नगरपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय रमेश बुढाको अवस्था मध्यम रहेको छ,’ बिष्टले भने, ‘सोही ठाउँका मुकुन्द रावल र धनकला रावलको अवस्था सामन्य छ।’

स्कारपियो आफैँ अनियन्त्रित भएर सडकबाट दुई सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।