धनगढी: बैतडीमा भालुको आक्रमणबाट घाइते भएका बृद्धलाई धनगढी रेफर गरिएको छ।
पञ्चेश्वर गाउँपालिका -५ रन्तोली नयाँका ६२ वर्षीय उजीरराम कोलीको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी पठाइएको हो।
कोलीलाई सोमबार बिहान घर नजिकैको खेतमा पानी लगाउने क्रममा भालुले आक्रमण गरेको थियो। कोलीको नाका, आँखा र टाउको गम्भीर चोट रहेको बताएको छ। – दिनेशखबर
प्रतिक्रिया