मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकाले मास्क लगाउनु जरुरी छ ?

बालबालिकाले मास्क लगाउनु जरुरी छ ?


काठमाडौं । पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउँदा पनि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सामान्यतया ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । 

छ देखि ११ वर्षका बालबालिकाले भने कोभिड–१९ समुदायमा व्यापक रुपमा फैलिएको छ भने मास्क लगाउनु पर्नेछ । 

“बालबालिकाले सुरक्षित रुपमा मास्क प्रयोग गर्न, धुन वा प्रतिस्थापन गर्न सक्छन् भने उनीहरुले मास्क लगाउनु पर्छ । बालबालिका हालसालै उच्च जोखिममा भएकाहरुको सम्पर्कमा पुगेका छन् भने पनि उनीहरुले मास्क लगाउनु पर्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ । 

दश वर्ष वा सोभन्दा माथिका बालबालिकालाई भने वयस्कले जसरी नै मास्क लगाउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयले अपाङ्गता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउन भनेको छ । 

दौउँदा, उफ्रँदा वा अरु खेलकुदमा सहभागी हुँदा मास्क नलगाउन पनि मन्त्रालयको अनुरोध छ । 

मास्कको उचित प्रयोग र खोप नै कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय भएकाले यसको प्रयोग गर्न र सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न मन्त्रालयले आग्रह गर्दै आएको छ । पछिल्लो समय दैनिक कोरोना संक्रमण दर उच्च रहेको र मृत्यु पनि बढ्दै गएको भन्दै विशेष सावधानी अपनाउन सरकारले आग्रह गर्दै आएको छ ।