मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोभिड–१९ विरुद्धको कुन खोप कतिले लगाए ?

नेपालमा कोभिड–१९ विरुद्धको कुन खोप कतिले लगाए ?


काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको दुई डोज अर्थात् पूर्ण खोप लगाउनेको संख्या २७ लाख २२ हजार २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार (हिजो)सम्मको तथ्यांकानुसार पहिलो डोज लगाउनेको संख्या ४५ लाख ४१ हजार ६८३ र दोस्रो डोज लगाउनको संख्या २७ लाखभन्दा बढी छ । यसमध्ये कोभिशिल्ड खोप पहिलो डोज १८ लाख ६८ हजार ४२५ र दोस्रो डोज पाँच लाख २८ हजार ७८२ जनाले लगाएका छन् ।

त्यस्तै, भेरोसेल खोप पहिलो डोज २६ लाख ७३ हजार २५७ जना र दोस्रो डोज १० लाख १४ हजार २९२ जनाले लगाएका छन् । एक डोज मात्रै लगाइने जोन्सन एन्ड जोन्सनको खोप नेपालमा ११ लाख ७८ हजार ९४६ जनाले लगाएको मन्त्रालयको तथ्यांक छ ।

प्रदेशअनुसार वाग्मती प्रदेशमा सबैभन्दा धेरै नागरिकले खोप लगाएको तथ्यांकले देखाएको छ । प्रदेश नम्बर–१ मा कोभिशिल्डको पहिलो डोज तीन लाख १४ हजार ११७ जना र दोस्रो डोज ६१ हजार २०९ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेल खोपको पहिलो डोज तीन लाख ४६ हजार १२९ र दोस्रो डोज ७२ हजार ६४४ जनाले लगाएका छन् भने जोन्सन एन्ड जोन्सनको खोप एक लाख ५२ हजार १४४ जनाले लिएका छन् ।

प्रदेश नम्बर–२ मा कोभिशिल्डको पहिलो डोज तीन लाख २० हजार ५३२ र दोस्रो डोज ४६ हजार ३५८ जनाले लगाएका छन् ।  त्यस्तै, भेरोसेल खोपको पहिलो डोज एक लाख २२ हजार ५९१ र दोस्रो डोज ६० हजार ७६६ जनाले लगाएका छन् भने जोन्सन एन्ड जोन्सनको खोप दुई लाख ३९ हजार ८४६ जनाले लगाएका छन् ।

वाग्मती प्रदेशमा सबैभन्दा धेरै चार लाख ४० हजार ४०१ जनाले कोभिशिल्डको पहिलो डोज र दुई लाख तीन हजार ८९० जनाले दोस्रो डोज खोप लगाएको तथ्यांक छ । वाग्मतीमा भेरोसेलको पहिलो डोज १२ लाख तीन हजार १०० र दोस्रो डोज ६ लाख ६९ हजार १०० जनाले लगाएका छन् । जोन्सन एन्ड जनेन्सनको खोप भने तीन लाख आठ हजार ३४६ जनाले लागएका छन् ।

गण्डकी प्रदेशमा कोभिशिल्डको पहिलो डोज एक लाख ९४ हजार १२१ र दोस्रो डोज ५६ हजार ९१९ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेलको पहिलो डोज दुई लाख ६३ हजार ३६ र दोस्रो डोज ५८ हजार ६१७ जनाले लगाएका छन् । गण्डकीमा जोन्सन एन्ड जोन्सनको खोप ९५ हजार ५८६ जनाले लगाएका छन् ।

लुम्बिनी प्रदेशमा कोभिशिल्डको पहिलो डोज दुई लाख ८५ हजार पाँच र दोस्रो डोज ९१ हजार २१७ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेल खोपको पहिलो डोज तीन लाख ८२ हजार ९०६ र दोस्रो डोज ९५ हजार २३३ र जोन्सन एन्ड जोन्सनको खोप दुई लाख ४१ हजार ७२६ जनाले लगाएका छन् ।

त्यस्तै, कर्णाली प्रदेशमा कोभिशिल्डको पहिलो डोज एक लाख सात हजार ३२८ र दोस्रो डोज २९ हजार १५१ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेल खोपको पहिलो डोज एक लाख २२ हजार ९५७ र दोस्रो डोज २२ हजार १५३ जनाले लगाएका छन् । जोन्सन एन्ड जोन्सनको खोप ३६ हजार ९०५ जनाले लगाएको तथ्यांक छ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा कोभिशिल्डको पहिलो डोज दुई लाख ६ हजार ९२१ र दोस्रो डोज ४० हजार ३८ जनाले लगाएका छन् । त्यस्तै, भेरोसेल पहिलो डोज खोप दुई लाख ३२ हजार ५३८ र दोस्रो डोज ३५ हजार ७७९ जनाले लगाएका छन् । सुदूरपश्चिममा जोन्सन एन्ड जोन्सनको खोप एक लाख चार हजार ३९३ जनाले लगाएको मन्त्रालयको तथ्यांक छ ।