मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ सरकारले ओलीलाई गफबाट हाेइन काम गरेर जवाफ दिनुपर्छ : गगन थापा

नयाँ सरकारले ओलीलाई गफबाट हाेइन काम गरेर जवाफ दिनुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्ष दल एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा उठाएको प्रश्नको जवाफ सरकारले कामबाट दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले साउन २६ गते प्रतिनिधि सभा बैठकमा ओलीले दम्भ, आक्रोश र कुण्ठाले अभिव्यक्ति दिएको भएपनि सरकारले भने काम गरेर जवाफ दिनुपर्ने बताए ।

“प्रश्नमा थुप्रै आत्माश्लाघा थियो, अहंकार थियो, क्रोध थियो, ईर्ष्या थियो, रिस थियो, कुण्ठा थियो । तर, पनि म भन्न चाहन्छु, प्रतिपक्षीले गरेको प्रश्न निम्छरो हुँदैन, प्रश्न प्रश्नै थियो । प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । एउटा एउटा प्रश्नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ । तर, गफबाट होइन । कुराबाट होइन । कामबाट दिनुपर्छ,” थापाले भने ।

सम्बोधनका क्रममा सांसद थापाले प्रतिपक्षीलाई विगतको सरकारलेजस्तो व्यवहार नगर्न पनि सुझाव दिए । उनले विशेष समय र सुन्य समयमा उठेका विषयलाई गम्भीर रूपमा लिन र ती विषयलाई सम्बोधन गर्ने संकल्प गर्न सरकारलाई सुझाव दिए ।