मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवालाई स्वदेशमै स्वरोजगार बनाउन नगरले सहयोग गर्ने नगर प्रमुख कुवँरको प्रतिबद्धता

युवालाई स्वदेशमै स्वरोजगार बनाउन नगरले सहयोग गर्ने नगर प्रमुख कुवँरको प्रतिबद्धता


कोरोना कहरमा युवाको अवस्था चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रममा साँफेबगरमा सम्पन्न

अछाम । अन्तराष्टिय युवा दिवसको अवसरमा कोरोना कहरमा युवाको अवस्था चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रममा साँफेबगरमा सम्पन्न भएको छ । युवाहरुको अवसथा चुनौती र अवसरका बिषयमा अन्तरक्रिया कार्यक्रममा छलफल भएको थियो ।

नगर स्तरिय युवा सञ्जालका अध्यक्ष पुजा बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँर रहेका थिए । प्रमुख अथिति कुवँरले कोरोनाको कहरमा युवाहरु बिदेश नगर स्वदेशमै स्वरोजगार बन्नुपर्नेमा जोड दिए ।

उनले नगरले पनि स्वरोजगार बन्न सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नो देशमा का मगर्न युवाहरु हिच्किचाउने गरेका कारण युवाहरु बिदेश पलायन हुने गरेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिती सदस्य राजन कुवँरले युवाहरु समाज परिर्वतनका सम्बाहक भएकाले तिनै तहका सरकारले युवाहरुलाई सक्षम तथा रोजगारीको व्यावस्थ ागर्न पहल गर्नुपर्ने बताए ।

यस्तै नेकपा एमाले अछामका जिल्ला सदस्य सिलोज कुवँरले युवाहरु पनि जिम्मेवार र सक्षम बन्न तर्फ ध्यान दिनुपर्ने बताए ।

साँफेबगर नगरपालिका, यूएनफपिए र फाया नेपालको सहयोग तथा युवा संजाल साँफेबगर र जिल्ला युवा संजाल अछामको आयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । वडा नं. ४ का अध्यक्ष बालगिरी कुवँर, वडा नं. ३ का अध्यक्ष कृष्ण बुढा लगायतको सहभागीता रहेको अन्र्तक्रिया कार्यक्रमको सहजिकरण तपेन्द्र कुवँरले गरेका थिए ।