मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गेटा मेटिकल कलेज सञ्चालनबारे छलफल समेत गर्दैन सरकार

गेटा मेटिकल कलेज सञ्चालनबारे छलफल समेत गर्दैन सरकार


धनगढी : निर्माण कार्य लगभग सम्पन्न भएको गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपबारे अझै टुंगो लाग्न सकेको छैन।

संघीय सरकारको वेवास्ताका कारण निर्माण कार्य सम्पन्न हुनै लाग्दा पनि सञ्चालनको प्रारुपबारे छलफल समेत सुरु हुन नसकेको हो। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिले सम्पूर्ण फाइल संघीय शिक्षा मन्त्रालयमा पठाएको भएपनि निर्णय गर्न ढिलाई भइरहेको हो। 

कलेज र अस्पताल सञ्चालन गर्नुपर्ने समयमा आइपुग्दा पनि प्रारुपको विषयमा छलफल हुन नसकेको पूर्वाधार विकास समितिका अध्यक्ष डाक्टर चेतराज पन्तले बताए। ‘संघीय सरकारले मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान कुन प्रारुपमा सञ्चालन गर्ने विषयमा छलफल समेत गरेको छैन,’ उनले भने, ‘शिक्षा मन्त्रीको नियुक्तीपछि मात्रै उक्त प्रक्रिया अगाडि बढ्ने देखिएको छ।

यता मेडिकल कलेज सञ्चालनबारे प्रदेशवासीले भने चाँसो राखेका छन्। सञ्चालनको मोडालिटीबारे प्रदेशवासीको फरकफरक मत देखिएको छ। कतिपयले मेडिकल विश्वविद्यालय बनाउनुपर्ने तर्क गरेका छन् भने अधिकासंले स्वास्थ्य विज्ञान प्रतिष्ठान नै बनाउन पर्ने तर्क गरेका छन्। केहीको भने मेडिकल कलेजकै रुपमा सञ्चालन हुनुपर्ने तर्क छ। 

मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन बर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाईने मापदण्ड रहेको र अन्य विश्वविद्यालयको सम्बन्धन लिनुपर्ने व्यवस्था रहेको स्वास्थ्य क्षेत्रका जानकारहरुको भनाई छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पताल संगै सुरु गर्न सकिने र आफैमा स्वायत्त हुने दाबी गरिएको छ।

बिहीबार मात्रै सुदूरपश्चिमका विद्यार्थी संगठनहरुले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत सात वटा विद्यार्थी संगठनले ज्ञापन पत्र पठाउँदै तत्काल शैक्षिक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। उनीहरुले मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत ल्याएर मेडिकल कलेजको रुपमा अगाडि बढाउन सान्दर्भिक र वैज्ञानिक हुने बताएका छन्। – दिनेशखबर