अछाम । बिद्यालयका बिषयमा सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने काम भएको भन्दै मंगलसेन नगरपालिका वडा नं. ७ मा रहेको जाल्पा माध्यामिक बिद्यालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बिद्यालयले एक विज्ञप्ती जारी गर्दै बिद्यालय र यस संग सम्बन्धीत शिक्षक, कर्मचारी, बिव्यास तथा सरोकारवाला पदाधिकारीको बदनाम गराउने, चरित्र हत्या गर्ने, बिद्यालयले आयोजना गरेको रचनात्मक कार्यहरु बिथोल्ने, सामाजिक सहिष्णुता र मुल्य मान्यता बिपरित अपमान, अनावश्यक गालिगलोज गर्ने काम भईरहेको भन्दै खेद प्रकट गरिएको छ ।
श्रावण २४ गते बसेको बिव्यास तथा सर्वपक्षिय बैठकले यस्ता अनैतिक कार्य गर्नेलाई पहिलो पटक चेतावनी स्वरुप माफी दिने र आगामी दिनमा बिना प्रमाण पुन यस्ता कार्य दोहोरिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने लेखापाल पदमराज जैसी, शिक्षक अभिभावक संघ अध्यक्ष, बिद्यालय व्यावस्थापन समिती अध्यक्ष लालबहादुर बिष्ट तथा प्रधानाध्यापक बलबहादुर थ्यायतद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
बिद्यालयको चौतर्फी विकासमा स्थापना देखि हालसम्म सहयोग गर्ने सबैलाई विज्ञप्ती मार्फत धन्यवाद समेत व्यक्त गरिएको छ ।
प्रतिक्रिया