अछाम : ईलाका प्रहरी कार्यालय साँफेबगरले कोरोना संक्रमण बढ्दै जान थालेपछि तथा नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेपछि ‘तपाईको माक्स खोइ ?’ अभियान संचालन गरेको छ । घरबाट बाहिर निस्किदा मास्क अनिवार्य गर्दै प्रहरीले तपाईको माक्स खोइ अभियान सुरु गरेको हो ।
साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, पत्रकार लगायत सरोकारवालाको उपस्थितिमा साँफेबगर नगरपालिका बजार क्षेत्रमा जनचेतना बृद्धि गर्ने उदेश्यले ‘तपाईको माक्स खोइ ?’ अभियान सुरुवात गरिएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
‘तपाईको माक्स खोइ ? जिपपार्क हुँदै आउने जानेलाई सबैलाई माक्स लगाउन आग्रह गरिएको तथा नलगाएकोलाई माक्स वितरण गरिएको छ । सर्बसाधरण, सर्वाजनिक तथा निजि सवारी, मोटरसाइकल चालक, व्यापारीलाई माक्स बितरण गरिएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।
सामुदायिक प्रहरीले साझेदारी कार्यक्रम अन्तर्गत अहिले सबैलाई सचेतता गर्दै आएको फेरि पनि नियमको उल्लंघन गरेमा कार्बाही गरिने उनक भनाई रहेको छ । कोरोना संक्रमण बढ्दै जान थालेपछि ‘तपाईको माक्स खोइ अभियान सुरुवात गरिएको नगर प्रमुख कुँवरले जानकारी दिए।
उनले आफू र अरुलाई बचाउनको लागि सम्पुर्णलाई माक्स लगाउन आग्रह गरे । ‘तपाईको माक्स खोइ अभियानमा कार्यपालिका सदस्य जितबहादुर निशानी, सुरत भुल, ईलाका प्रहरी कार्यालय प्रहरी, नेपाल पत्रकार महासंघका सुदुरपश्चिम सदस्य तपेन्द्र कुँवर लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया