मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा २०७८ सालमा ६ दिन सार्वजनिक बिदा, ‘ओल्के’ मा के हुन्छ ?

सुदूरपश्चिममा २०७८ सालमा ६ दिन सार्वजनिक बिदा, ‘ओल्के’ मा के हुन्छ ?


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले २०७८ सालमा ६ दिन सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार २०७८ सालमा ६ दिन सर्वाजनिक बिदा दिने निर्णय भइसकेको बताए। ‘२०७८ सालका सार्वजनिक बिदा सम्बन्धि सूचनासमेत प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ,’ जोशीले भने। 

प्रदेश सरकारको निर्णयअनुसार भदौ १४ गते कृष्णजन्माष्टमी पर्व, भदौ २७ गते अटबारी पर्व (कैलाली र कञ्चनपुर), असोज ३१ गते (दशैँको थप एक दिन), पुस १८ गते भुवा पर्व (अछाम, बाजुरा र बझाङ), माघ २ गते (माघीको थप एक दिन) र चैत ११ गते खखडेहरा पर्व (कैलाली र कञ्चनपुर) मा सार्वजनिक बिदा दिइएको छ। 

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मनाइने ओल्के पर्वमा प्रदेश सरकारले बिदा दिएको छैन। यद्यपी विभिन्न क्षेत्रमा भने सूचना जारी गर्दै भदौ १ गते पर्ने ओल्के पर्वमा बिदा दिइएको छ। कैलाली बहुमुखी क्याम्पसले सूचना जारी गर्दै ओल्केको बिदा दिएको छ। यस्तै गौरा पर्वमा पनि प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन्।

संघीय सरकारले भदौ १४ गते गौरा पर्व बिदा दिने निर्णय गरकोे छ। यस्तै संघीय सरकारले यो वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते फूलपातीदेखि एकादशीसम्म ५ दिन दशैँ बिदा दिइएको छ भने तिहारमा भाइटीकाको अवसरमा कात्तिक १८ गतेदेखि कात्तिक २० गतेसम्म तिहार बिदा दिएको छ। यस्तै भदौ ६ गते रक्षाबन्धन, कात्तिक २४ गते छठ पर्व, माघ १ गते माघी र फागुन १७ गते महाशिवरात्रीमा पनि संघीय सरकारले बिदा दिएको छ।