मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड १९ को प्रतिकार्यमा सक्रिय रहेका कांग्रेस नेता तिमिल्सैनालाई कोरोना पुष्टी

कोभिड १९ को प्रतिकार्यमा सक्रिय रहेका कांग्रेस नेता तिमिल्सैनालाई कोरोना पुष्टी


अछाम । नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनालाई कोरोना संक्रमण पुष्टी भएको छ । तिमिल्सैनालाई सोमबार गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको हो ।

नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष समेत रहेका तिमिल्सैनाले स्वास्थ्यमा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि सोमबार कान्तीपुर अस्पताल काठमाडौँ स्वाब दिएका थिए । मंगलबार प्राप्त रिपोर्ट अनुसार कोरोना संक्रमण देखिएको उनले सुदूरआजलाई बताए ।

स्वास्थ्यका मापदण्ड पालना गर्दा गर्दै पनि कोभिडबाट मुक्त हुन नसकिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आफुलाई कडा लक्षण सहितको कोरोना देखिएकाले आफ्नो सम्र्पकमा आएकाहरुलाई सचेत र सजग रहन आग्रह गरेका छन् ।

कोभिड १९ प्रतिकार्यमा फ्रण्टलाईमा खटिएर काम गरेका थिए । उनले केही महिना पहिले जिल्लाका विभिन्न संघसंस्था, अस्पताल, सुरक्षा निकायहरुमा कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेका थिए ।

उनले अछाम जिल्लामा अक्सिजन अभाव हुदाँ समेत विभिन्न स्वदेश तथा बिदेशी निकायसंग समन्वय गरेर अक्सिजन उपलब्ध गराउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

व्यक्तीगत रुपमा दुई लाख बढी रुपयाँ खर्च गरेर उनले स्वास्थ्य सामाग्रीको व्यावस्थापन र अछाममा वितरण गरेका थिए । अछाम सहित जुम्ला, मुग सम्म समेत उनले अक्सिजन ढुवानी गरेका थिए ।

राजनिति संगै सामाजसेवामा पनि सक्रिय रहेका तिमिल्सैना कोभिड १९ को संक्रमण हुदाँ पनि उत्तिकै सक्रिय भउर समन्वय सहकार्य गरिरहेका छन् । उनले आजमात्रै कुईकेल्नी मन्दिरमा लाग्ने मेला र पुजा आजामा सहजताका लागि दुई हजार मास्क र ५ लिटर सेनिटाईजर दिएका छन् ।