मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी आएको एक बर्ष बित्दापनी पिडितले राहत पाउन सकेनन : काङ्ग्रेस सचिव बिक

बाढी आएको एक बर्ष बित्दापनी पिडितले राहत पाउन सकेनन : काङ्ग्रेस सचिव बिक


अछाम : जिल्लाको रामारोशन गाउँपालिकामा कैलाश खालाले क्षतबिक्षेत गरेको आज एक बर्ष पुगेको छ। यस क्षेत्रमा बाढिपहिरोका कारण १७ जनाले ज्यान गुमाउनुका साथै खेतियोग्य जमिन र कैलाश खोला आशपासका खेतहरु बगाएर बगरमा परिणत भएका थिए ।

भौतिक पुर्बाधार, वैद्युत, सडक, घर,गोरेटो बाटो लगायत थुप्रै पुर्बाधार हरु ध्वस्त बनाएको थियो।रामारोशन को पर्यटकीय क्षेत्र रोला खालाकोराना भिण हुदै सोड्ना आणेखाद बग्साइ बन्ड रोयला रबा हुँदै स्थानीय शैनी बजार पुर्णरुपमा बगाएर बगरमा परिणत गरेको थियो।

यस क्षेत्रमा ठुलो धनजनको क्षती भएको थियो जनता लाई दैनिक आवत जावत गर्ने झुलुङ्गे पुल ३०देखि ३५ घट्ट ५० जति छाना टहरा, खरक छाना १८ वटा घर पुर्ण रुपमा क्षेती भएका थिए । रामारोशन का जनता लाई दैनिक आवत जावत गर्ने गोरेटो बाटो पनि निकै क्षतबिक्षत भएर मानिस लाई सामान्य हिड्डुल गर्न समेत गारो भएको थियो ।

रामारोशन तिमिल्सैन सडक खण्ड अन्तर्गत रामारोशन क्षेत्र भित्र पर्ने गजड देखि शैनी सम्म सडक पनि बाडिले बगाएको थियो । गत बर्ष को भदौ २ गते ठूलो जैविक बिपत्तिको सामना गर्नु परेको यश क्षेत्रमा बाढी पहिरो आएको आज एक बर्ष पुरा भएको छ ।

बाढिले क्षत बिक्षत पारी मानबिय र भौतिक क्षती भएपछी सुदुरपश्चिम का मुख्यमन्त्री त्रिलोचन भट्ट र गृहमन्त्री राम बहादुर थापाले बाढी पिडित लाई उचित राहत का साथै प्रभावित क्षेत्रका लागि आवश्यक बजेट को ब्यवस्थापन गर्ने आश्वासन दिएका थिए एक बर्ष बितिसक्दा पनि पिडित का समस्या जस्ताका तस्तै नै छन् ।

यश क्षेत्रका भौतिक संरचना सडक बिधुत गोरेटो बाटो लगाएत का पुर्बाधार हरु भैसक्नु त के पुन निर्माण कार्य सुरु समेत भएको छैन। जोखिम पुर्ण बस्ती को बस्ती ब्यवस्थापन गर्ने विभिन्न राहत को ब्यवस्था गर्ने लघु जलविद्युत सडक गोरेटो बाटो को तत्काल ब्यवस्था गर्ने मन्त्री को टोलि ले आश्वासन दिएका थिए तर अहिले सम्म पनि सरकार को तर्फ वाट कुनै एक चिम्टी राहत नभएको काङ्ग्रेस सचिव बिक ले बताए ।

जिल्ला भित्र वा जिल्ला बाहिर का कृयाशिल गैरसरकारी संघ सस्था केही राजनीतिक दल सामाजिकअभियान्ता ले केही राहत को ब्यवस्था गरे पनि सरकारी निकाय बाट अहिले सम्म कुनै पनि राहत को ब्यवस्था र पहल समेत गरेको छैन।

एक बर्ष सम्म नागरिकलाई कुनै राहत को ब्यवस्था नगर्नु जनता प्रती अनउत्तरदायी र गैरजिम्मेवार भएको आफ्नो बुझाइ भएको सचिव बि।क बताउछ्न ।

एक बर्ष बितिसक्दा पनि कम्युनिस्ट सरकार ले रामारोशन क्षेत्रका बाडिपिडित लाई कुनै राहत को ब्यवस्था नभएको स्मरण गर्दै अब यो सरकारले रामारोशन बासिका लागि बिशेश राहत को प्याकेज ल्याउनु पर्ने र भत्किएका संरचना अब तत्काल पुन निर्माण कार्य सुरु हुनु पर्ने र ढिलै भएपनी जनता को जनजीवन लाई सामान्य अवस्था मा बदल्न सरकार लाग्नु पर्ने सचिव बिक को भनाइ छ ।