काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरेर प्रधान सेनापति नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ ।
बिहीबार बसेको मन्त्रपरिषद बैठकले हाल कायम मुकायम प्रधान सेनापति रहेका शर्मालाई प्रधान सेनापति नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्तासमेत रहेकाे कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया