अछाम : वाक नेपाल र मर्सिकोर नेपालको साझेदारीमा संचालित भकारी परियोजना अन्तर्गत “कामका लागि नगद ” कार्यक्रममा पंचदेवल बिनायक नगरपालिका वडा नं. ३ को युवा बर्ष आधारभुत बिधालय को घेरा प्रखाल निर्माणकार्यमा संलग्न २६ जनालाई प्रती ब्याक्ती रु १३६५० का दरले नगद भुक्तानी गरिएको छ ।
नगद भुक्तानी कार्यक्रममा पंचदेवल बिनायक नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत पहल सिं नेपाल ,वडा सदस्य उज्जिर सिं रोकाय , स्थानिय बिपद ब्याबस्थापन समितिका पदाधिकारी , मर्सिकोर नेपाल र वाक नेपालका कर्मचारी लगायत कामका लागि नगद कार्यक्रममा संलग्न मुसेगडा समुदायका स्थानियहरुको उपस्तिथि रहेको थिय ।
प्रतिक्रिया