होम साउद, अछाम।
जिल्लाको सदमुकाम रहेको मंगलसेन नगरपालिकाको चालु आर्थिक वर्ष २०७८/०७९ को प्रथम कार्यपालिका बैठक बिभिन्न सम्पन्न भएको छ । नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षातामा भएको बैठकले निर्णय पारित गरेको छ ।
बैठकले भाद्र ३ र ४ गते भएको गत आर्थिक वर्षको प्रगती समिक्षाको अनुमोदन गरेको छ भने अन्य महत्वपूर्ण निर्णय पारित गरेको छ । जसमा नगरको चालु आर्थिक वर्षको कार्ययोजना निर्माण, योजना अनुगमन तथा मुल्याँकन कार्यविधि २०७८, राजश्व तर्जुमा समितिको कार्यविधि २०७८ र योजना तर्जुमा समितिको कार्यविधि २०७८ लाइ अनुमोदन गरिएको छ ।
यस्तै बैठकले यहि भाद्र मसान्त भीत्र १४ वटै वडामा इन्टरनेट जडान गरिसक्ने, भाद्र महिना भीत्रै सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण गरिसक्ने, कर्मचारी कार्यविवरण एवं दर्वन्दी सर्वेक्षण गर्ने, टोलशिक्षा कार्यक्रम संचालन गर्ने निर्णय भएको छ ।
यस्तै बैकल्पीक उर्जा विकास योजना बनाउँने, सामुदायीक स्वास्थ्य संस्थालाइ सहरी स्वास्थ्य क्लिनिकमा परिणत गर्ने र मेडिकल दर्ता तथा सुचिकृत प्रक्रिया अघि बढाउने निर्णय गरिएको नगर कार्यपालिकाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताए ।
बैठकमा नगर उपप्रमुख सरिता उपाध्याय, सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया