मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तुर्जमा गोष्ठी सुरु

स्वास्थ कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तुर्जमा गोष्ठी सुरु


अछाम : साँफेबगर नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को स्वास्थ कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तुर्जमा गोष्ठी शुक्रबारबाट सुरु भएको छ । कार्यक्रममा गत आर्थिक बर्षमा राखिएको लक्ष्य पुरा भए नभएको बिषयमा समिक्षा गर्नु साथै योजना तुर्जमा समेत गरिने छ ।

नगरका स्वास्थ शाखा प्रमुख पुष्प बुढाको अध्यक्ष्तामा भएको सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुल बहादुर कुवर रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले कोभिड महामारीका बेला ज्यानको बाजी राखेर स्वास्थकर्मी र सञ्चारकर्मीहरुले निकै महत्वपुर्ण भुमिका खेलेको भन्दै धन्यवाद दिए ।

उने नगर भित्रका स्वास्थ्य चौकीहरुको आफनै भवन नभएको र भएकाहरु पनी जिर्ण बनेकाले स्वास्थ सेवा प्रवाहमा समस्या भएको बताए । प्रदेश सरकारबाट भवनका लागी बजेटको सहि सदुपयोग नभएको र बर्षेनी सरकारले औषधी खरिदको लागी बजेट घटाउदै गएको समेत बताए ।

उनले सरकारले ३५ प्रकारको औषधी निशुल्क दिदै आएकोमा नगरबाट थप ७ प्रकारका औषधी थप गरि स्वास्थ चौकीहरुबाट बितरण हुदै आएको जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तव्य नगर स्वास्थ शाखाका सिनीएर अनमि जानकी शाहले राखेकी थिन भने कार्यक्रमको उदेश्यका बारेमा स्वास्थ्य कार्यालयका जनस्वास्थ अधिकृत झपटराज ढुगानाले जानकारी गराएका थिए ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको सञ्चालन नगर स्वास्थ शाखाका जनस्वास्थ निरिक्षक लक्षमणनाथ योगीले गरेका थिए ।