काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २४ खेलाडी चयन भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटमा सहभागी हुने राष्ट्रिय टिमका लागि २४ खेलाडीलाई प्रारम्भिक रूपमा चयन गरेको हो ।
प्रशिक्षणमा रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, ज्योती पाण्डे, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी छन् ।
नेपाली टोलीमा कन्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, बिनु बुढामगर, करुणा भण्डारी र सरिता मगर रहेका छन् ।
राष्ट्रिय टिममा आउने खेलाडीले टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेल्नेछन् । प्रतियोगिता नोभेम्बरमा मलेसियामा सञ्चालन हुने बताइएको छ । नेपाली महिला टोलीको लामो समयपछि बन्द प्रशिक्षण हुन लागेको हो ।
प्रतिक्रिया