मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक विकास मन्त्रालयका सचिवको टोलीद्धारा अछाममा अनुगमन

सामाजिक विकास मन्त्रालयका सचिवको टोलीद्धारा अछाममा अनुगमन


अछाम । सुुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयको एक टोलीले अछाम जिल्लाका दुई अस्पताल र स्वास्थ्य कार्यालय अछामको अनुगमन तथा निरिक्षण गरेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव रघुराम बिष्टको नेृतत्वमा आएको टोलीले स्वास्थ्य कार्यालय अछाम, जिल्ला अस्पताल र बयालपाटा अस्पतालको अनुगमन गरेको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए ।

टोलीले स्वास्थ्य कार्यालय र अस्पतालको अवस्था, व्यावस्थापन पक्ष, आर्थिक तथा भौतिक अवस्थाका बारेमा अनुगमन तथा निरिक्षण गरेको छ । साथै अस्पतालले प्रदान गर्ने सेवाका बारेमा समेत टोलीले जानकारी लिएको अधिकृत ढुंगानाले बताए । ढुंगानका अनुसार मन्त्रायलबाट बिनियोजित बजेट कहाँ, कसरी खर्च भईरहेको बिषयमा समेत टोलीले जानकारी दिएको छ ।

अनुगमनका क्रममा टोलीले जिल्ला अस्पताल अछामको भवनको लागि संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बजेट ब्यवस्थापनको लागि पहल गर्ने, रिक्त दरबन्दी पदपूर्तिको लागि प्रदेश लोक सेवा आयोग संग समन्वय गर्ने, दरवन्दी थप गर्न अन्य निकाय संग समन्वय गरी तत्काल प्रकृया अगाडि बढाउने, कोभिड १९ ब्यवस्थापनको लागि आवश्यक सहयोग गर्ने लगायतका प्रतिबद्धता जनाएको पनि उनले बताए ।

यस्तै टोलीले बयालपाटा अस्पतालले प्रदान गरिरहेको सेवा, आर्थिक अवस्था, भौतिक अवस्था लगायतका बिषयमा समेत जानकारी लिएको छ । अस्पतालले कोभिड १९ को रोकथाम तथा नियन्त्रण र यस क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय सेवा दिएको भन्दै मन्त्रायलबाट आवश्यक सहयोग रहने सचिव बिष्टले बताए ।

यस्तै अस्पतालका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने तालिम, छात्रबृतिमा पढेका स्वास्थ्यकर्मीलाई बयालपाटा अस्पतालमा पनि पठाउने लगायतका बिषयमा सहयोग गरिने उनले बताएका थिए ।

अनुगमन टोलीमा सचिव बिष्ट सहित चिकित्सा तथा अस्पताल महाशाखा प्रमुख डा. जगदीश जोशी र जनस्वास्थ्य शाखा प्रमुख हेम राज खड्काको पनि सहभागीता रहेको छ । टोलीले सुदूरपश्चिमका अन्य जिल्लामा पनि अनुगमन तथा निरिक्षण गरेको छ ।