मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका १० पालिकाको बेरुजु ४३ करोड ७१ लाख

अछामका १० पालिकाको बेरुजु ४३ करोड ७१ लाख


अछाम : जिल्लाका स्थानीय पालिकाको हरेक बर्ष बढी रहेको छ। यो बर्ष १० पालिकाको बेरुजु ४३ करोड बढी रहेको छ । यो वर्षको बेरुजु गत वर्ष भन्दा बढि देखिएको छ।

महालेखा परिक्षकको ५८नौं बार्षीक प्रतिवेदन – २०७८ अनुसार जिल्लाका दश वटा पालिकाको बेरुजु ४३ करोड ७१ लाख ३८ हजार रहेको उल्लेख छ । अछाममा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् । 

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु देखिएको छ। १ अर्ब ८४ करोड ५७ लाख ९ हजार लेखा परिक्षण गरिएकोमा त्यति रकम बेरुजु देखिएको हो। 

बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम १ करोड ८२ लाख ७ हजार बेरुजु देखिएको छ, त्यहाँ ७ करोड १२ लाख ३४ हजार लेखा परिक्षण गरिएको हो । 

यसैगरी साँफेबगर नगरपालिकाको ५ करोड ३७ लाख १२ हजार बेरुजु देखिएको छ जहाँ १ अर्ब २० करोड ७० लाख ६९ हजारको लेखा परिक्षण गरिएको थियो। 

चौरपाटी गाउँपालिकाको १ अर्ब ६० करोड ४५ लाख २ हजार लेखा परिक्षण गरिएकोमा ४ करोड ८२ लाख ८२ हजार बेरुजु आएको छ । 

ढकारी गाउँपालिकाको ४ करोड १९ लाख ४१ हजार बेरुजु आएको छ । ढकारीको ८७ करोड ७४ लाख ९८ हजार लेखा परिक्षण भएको हो । 

यसैगरी मंगलसेन नगरपालिकाको १ अर्ब २५ करोड ४९ लाख १५ हजार लेखा परिक्षण गरिएकोमा ३ करोड ७३ लाख ६५ हजार बेरुजु देखिएको छ । 

त्यसैगरी कमलबजार नगरपालिकाको २ करोड ६७ लाख २ हजार बेरुजु देखिएको छ । नगरपालिकाको १ अर्ब २४ करोड ४१ लख ७ हजार लेखा परिक्षण गरिएको हो । 

रामारोशन गाउँपालिकाको २ करोड ५२ लाख ३ हजार बेरुजु देखिएको छ । पालिकाको ८५ करोड ६ लाख ७० हजारको लेखा परिक्षण गरिएको हो । 

तुर्माखाद गाउँपालिकाको ८३ करोड ८८ लाख ९८ हजार लेखा परिक्षण भएकोमा २ करोड ३९ लाख ४७ हजार बेरुजु देखिएको छ । मेल्लेख गाउँपालिकाको ९३ करोड ६४ लाख ५ हजार लेखा परिक्षण गएिकोमा २ करोड ३१ लाख ३६ हजार बेरुजु रहेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ।

गत वर्ष अछामका स्थानीयतहको बेरुजु ४२ करोड ४५ लाख ५० हजार रहेको थियो । यो वर्ष जिल्लाको बेरुजु रकम १ करोड २४ लाखले बढेको छ ।

गत वर्ष सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ८ करोड ९४ लाख ३० हजार बेरुजु देखिएको थियो भने बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम ४९ लाख २६ हजार बेरुजु देखिएको थियो । 

यो वर्ष साँफेबगरको बेरुजु घटेको भने बान्नीगढी जयगढ गाउँपालिकाको बेरुजु बढेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ । – अन्नपूर्ण