मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गाउँकार्यपालिकाकाे बैठक विभिन्न निर्णय सम्पन्न, यस्ता छन् निर्णयहरु

मेल्लेख गाउँकार्यपालिकाकाे बैठक विभिन्न निर्णय सम्पन्न, यस्ता छन् निर्णयहरु


अछाम : जिल्लाको मेल्लेख गाउँकार्यपालिकाकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ ।

पालिका अध्यक्ष लाेक बहादुर बाेहरा काे अध्यक्षतामा भएकाे बैठकले मेल्लेखकाे चाैखुट्टेमा रहेकाे १५ सयौं अस्पतालकाे संचालक समिति गठनका लागि १० दिन भित्र प्रस्ताव पेश गर्न सुझाव संकलन समिति गठन गरेका छ ।

मेल्लेखकाे ग्रामिण उद्योग संचालक समिति गठनका लागि पनि सुझाव संकलन समिति मार्फत १० दिन भित्र प्रस्ताव पेश गर्न समिति गठन गरेकाे छ ।

यस्तै मेल्लेख ३ ठाटिमा रहेकाे कुटिर उद्योग संचालक समिति गठन गर्न पनि राय सझुब सहित संकलन गरि समिति गठन गरिने बताएका छ ।

मेल्लेख अन्तर्गतका बिद्यालय कार्यलय सहयाेगि हरुले राखेका मागकाे बिषयमा पनि छलफल गरिने आवश्यकता काे आधारमा माग सम्बाेदन गरिने जनाएको छ ।

यस्तै मेल्लेख गाउपालिमा सुशासन सान्ति शुव्यवस्था कायम गर्न गाउँ प्रहरी गठनका लागि आवस्यक अध्ययन गरि गाउँकार्यपालिकामा पेश गर्ने निर्णय गरेकाे छ।

शैक्षिक क्षेत्रमा भएको क्षेति माथि उकास्न बैकल्पिक शिक्षा मार्फत पठनपाठन कार्य अगाडि बढाउने लगायतका निर्णय गरेका छन।

मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाही, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु उपस्थिति रहेकाे बैठककाे संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडकाले गरेका थिए ।