मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि कतार जाने

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि कतार जाने


काठमाडौं । हाल पोखरामा बन्द प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा प्रशिक्षण गर्ने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार टोली भदौ २५ गते बन्द प्रशिक्षणका लागि कतार जाने जनाएको छ । नेपाली राष्ट्रिय टोलीले कतारमा बन्द प्रशिक्षणमात्र गर्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । उनका अनुसार नेपालले कतारमा कुनै पनि मैत्रीपूर्ण खेल खेल्नेछैन । 

कतार जानुअघि नेपालले भदौ १७ र २० गते दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । साफ च्याम्पियनसिप असोज १५ गतेबाट माल्दिभ्समा हुँदैछ । नेपाली टोली कतारबाटै असोज ११ गते माल्दिभ्सको जाने एन्फाले जनाएको छ । साफमा नेपालले आयोजक माल्दिभ्सविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । 

समूह चरणमा नेपाल, बंगलादेश श्रीलंका, माल्दिभ्स र भारतले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । कतारमा २५ सदस्सीय टोली जाने एन्फाले जनाएको छ । 

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू : किरणकुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा ।