काठमाडौं । सरकारले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग स्वरूप १० लाख रुपैयाँ दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गत साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन् ।
प्रतिक्रिया