मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका १३ वटा अस्पतालमा सुरु हुँदैछ मानसिक स्वास्थ्य अन्तरंग सेवा (सुची सहित)

देशका १३ वटा अस्पतालमा सुरु हुँदैछ मानसिक स्वास्थ्य अन्तरंग सेवा (सुची सहित)


काठमाडौं – सरकारले १३ वटा अस्पतालहरुमा मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्ने भएको छ। मानसिक रोग सम्बन्धी सेवा विस्तारका लागि भन्दै सरकारले १३ वटा अस्पतालहरुमा १० शय्या सहितको सेवा सञ्चालन गर्ने भएको हो।  

विशेषज्ञ चिकित्सक सहितको उक्त सेवा चालु आर्थिक वर्षभित्र सुरु गर्ने गरी लक्ष्य रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले बताए। 

उनले भने, ‘अहिले राजविराज तथा जनकपुर अस्पतालमा मनोचिकित्सक हुनु हुन्छ। तर त्यहाँ भर्ना गरेर उपचार गरिदैन। अहिले पनि धेरै अस्पतालहरुमा मानसिक रोगको उपचारका लागि शय्या छुट्याइएको छैन। यही विषयलाई सम्बोधन गर्न नै यो सेवा सुरु गर्न लागेका हौँ।’

मनोचिकित्सक, कम्तीमा एक जना क्लिनीक साइकोलोजिस्ट, साइकाइट्रिक्स नर्स र काउन्सिलर जनशक्ति रहनेछन्। यी १३ वटा अस्पतालहरुमा डिप्रेशन लगायत उपचारमा प्रयोग हुने इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) उपकरण सहितको सेवा सुरु गरिने उनले बताए। 

यी हुन्, मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन हुने अस्पतालहरुको सूचीः
१. मेची अस्पताल, भद्रपुर झापा
२. कोशी अस्पताल, विराटनगर कोशी
३. राजविराज अस्पताल, सप्तरी
४. जनकपुर अस्पताल, धनुषा
५. वीरगञज अस्पताल, पर्सा
६. हेटौडा अस्पताल, मकवानपुर
७. बागलुङ अस्पताल, बागलुङ
८. लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रुपन्देही
९. तुलसीपुर अस्पताल, दाङ
१०. भेरी अस्पताल नेपालगञ्ज बाँके
११. सुर्खेत अस्पताल, सुर्खेत
१२. सेती अस्पताल, धनगढी कैलाली
१३. डडेल्धुरा अस्पताल, डडेल्धुरा