अछाम : स्थानिय तह अस्थायी तथा करार कर्मचारी हक हित मञ्च सुदूरपश्चि प्रदेशको भेला डडेलधुरामा सम्पन्न भएको छ ।
प्रदेश अध्यक्ष लोकेन्द्र राज भट्टको अध्यक्षतामा भएको भेलाका प्रमुख अथिति नेपाली कांग्रेस सुदूरपश्चिप प्रदेशका प्रदेश सभा सदस्य एवंम प्रमुख सचेतक गोबिन्द राज बोहरा रहेका थिए ।
प्रमुख अथिति बोहराले अस्थायी तथा करार कर्मचारीका हक हितका लागि आफ्नो पार्टीको तर्फबाट सहयोग र पहल गर्ने बताए ।
प्रदेश स्तरिय भेलामा ९ जिल्लाकै अस्थायी तथा करार कर्मचारी प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
भेलाले १० सदस्यि प्रदेश समिती समेत गठन गरेको छ । लोकन्द्र राज भट्टको अध्यक्षतामा प्रदेश समिती चयन भएको हो । सदस्यमा हरेक जिल्लाबाट सदस्य रहेका छन् ।
प्रतिक्रिया