मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकाको अवस्था बिश्लेषणको प्रारम्भिक प्रतिवेदन माथि छलफल तथा सुझाव सँकलन

बालबालिकाको अवस्था बिश्लेषणको प्रारम्भिक प्रतिवेदन माथि छलफल तथा सुझाव सँकलन


अछाम : “बालबालिकाको अवस्था बिश्लेषण” को प्रारम्भिक प्रतिवेदन माथि छलफल तथा सुझाव सँकलन सम्बन्धी दुई दिने कार्यक्रम पन्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।

स्थानिय बाल अधिकार समिति पन्चदेवल विनायक नगरपालिकाकाे आयोजना एवं आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्नल नेपालकाे साझेदारीमा २ दिने छलफल तथा सुझाब सँकलन कार्यक्रम गरिएको हो।

पन्चदेवल बिनायक नगरपालिकाको बालवालिकाहरूको अवश्था विश्लेषणका बारे समुदाय स्तरमा संचालन गरिएका कार्यक्रमहरूबाट आएका विभिन्न सवाल र तथ्याङ्कहरूलाई प्रतिवेदनको रूपमा तयार गरि सो ड्राप्ट माथी एक कार्यक्रमका बीच छलफल चलाईएको थियो ।

बालबालिकाहरूको अवश्था विश्लेषणको प्रारम्भिक प्रतिवेदनमाथी नगरपालिको बाल अधिकार समिती र सम्पूर्ण सरोकारवालाहरूका बीच अन्तर्कृयात्मक छलफल गर्ने, सो प्रतिवेदनमा रहेका त्रुटिहरू सच्याउने, समुदाय स्तरबाट देखिएका समस्याहरूको बारेमा छलफल गरि प्राथमिकीकरण गर्ने उदेश्य रहेको थियो।

कुल १४७.७५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणना अनुसार जम्मा २७,४९५ जनसंख्या रहेको छ । यसमा नगरपालिकामा पुरुषको तुलनामा महिलाको जनसंख्या धेरै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जसमा नगरपालिकामा बालबालिकाको कुल जम्मा १५,९३० जनसंख्या रहेको छ । जसमध्य बालिका ५०.४४ प्रतिशत र बालक ४९.५६ प्रतिशत रहेको छ । यस नगरपालिकामा बाल सँरक्षणका क्षेत्रमा कामगर्ने प्रयाप्त कर्मचारी नभएको र आधा भन्दा बढी जनसंख्या आेगटेका बालबालिका प्रति नगरपालिका र समग्र राज्य पक्ष एवं सरोकारवालाहरूले प्रर्याप्त ध्यान दिन नसकेको र बजेटको व्यवस्थापन गर्न नसकेको कुरा प्रतिवेदनमा देखिएको छ ।

नगरपालिकाका अनुसार जन चेतना निर्माण कार्यक्रम विद्यालय अभिभावकको छलफल र बाल विवाहित जोडीलाई स्वास्थ्य परामर्श मार्फत बाल सँरक्षणका सवाल समाधान गर्ने प्रयास भईरहेको छ। कर्मचारी अभाव रहेको हुदा धेरै कामहरू पछि परेको जनाईएको छ।

कार्यक्रममा उपस्थित सम्पूर्णले उक्त प्रतिवेदन छलफल गर्दा उल्लेखित विषयवस्तुमा केही त्रुटि, कमजोरी रहेको भन्दै आवश्यकता अनुसार र वास्तविकता अनुसार सच्याईएको छ । साथै नगरपालिमा देखिएका बालबालिकाका सवालहरूलाई समीक्षा गर्दै प्राथमिकीकरण गरिएको छ।

प्रमुख तीन सवालहरूमा क्रमश:सकारात्मक अभिभावकत्वको कमी, बालबिबाह र तेश्रोमा महिला तथा घरेलु हिंसा देखिएकाछन् र ती सवालहरू उत्पन्न हुने मुल कारणको विषयमा पनि बृहत् छलफल गरिएको छ। निकट भविष्यमै पन्चदेवल विनायक नगरपालिकालाई बालमैत्री स्थानिय सम्पन्न नगरपालिका बनाउने परिकल्पनालाई आत्मसाथ गर्ने कुराको तय गरिएको छ।

पन्चलेवल विनायक नगरपालिका कार्यबाहक नगर प्रमुख लक्ष्मिकान्त देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती पन्चदेवल बिनायक नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत पदमबहादुर माझी रहेका थिए। नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ट नागरिक शाखा प्रमुख भावना शर्माले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी थिन ।

वडा न २ का कार्यवाहक वडाध्यक्ष पदम बहादुर शाही, ३ नं, वडाध्यक्ष सुरेन्द्र कुमार शाही, ७ नं, वडाध्यक्ष गोविन्द बहादुर रावल,नगरपालिकाका सम्पूर्ण विषयगत शाखा प्रमुख तथा प्रतिनिधीहरू,बाल अधिकार समितीका सदस्यहरू,बालक्लबका सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण आस्था नेपाल अछाम बालसंरक्षण परियोजनाका परियोजना अधिकृत भिम बहादुर खत्रीले गरेका थिए।