मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिनायकमा पालिका स्तरिय अस्थायी तथा करार कर्मचारी हक हित मञ्च गठन, अध्यक्षमा घोडासैनी

बिनायकमा पालिका स्तरिय अस्थायी तथा करार कर्मचारी हक हित मञ्च गठन, अध्यक्षमा घोडासैनी


अछाम । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका स्थानिय तह अस्थायी तथा करार कर्मचारी हक हित मञ्च गठन गरिएको छ । पालिकाका कर्मचारी प्रेम घोडासैनीको अध्यक्षतामा पालिका स्तरिय हक हित मञ्च गठन गरिएको हो ।

पालिकामा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुका हक हितका बिषयमा वकालत तथा पैरवी गर्नका लागि मञ्चको तर्दथ समिती गठन गरिएको तर्दथ समितीका अध्यक्ष घोडासैनीले बताए ।

शनिबार पालिकाका अस्थायी तथा करार कर्मचारीहरुको भेलाले सल्लाहकार समिती समेत गठन गरेको छ । भरत अधिकारी संयोजक रहने गरी सल्लाहकार समिती समेत गठन गरिएको हो ।