मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच दलीय गठबन्धनको बैठक बस्दै, को होला स्वास्थ्यमन्त्री?

पाँच दलीय गठबन्धनको बैठक बस्दै, को होला स्वास्थ्यमन्त्री?


काठमाडौं- पाँच दलीय गणबन्धनको बैठक बस्दै छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुग्ने क्रम सुरु भएको छ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, गठबन्धनका दलहरुले पाउने मन्त्रालयल लगायतका विषयमा टुंगो लगाउने गठबन्धनको तयारी रहेको छ। 

गठबन्धनमा नेपाली कांग्रेस, नकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन्। 

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। 

आजको बैठकले मन्त्रीको विषय टुंगो लगाउने सम्भावना रहेको बताइएको छ। कोभिड महामारीको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ। 

प्रधानमन्त्री देउवाले गत महिना स्वास्थ्य राज्यमन्त्रीमा भने उमेश श्रेष्ठलाई नियु्क्त गरेका छन्। श्रेष्ठको नियुक्ति पछि शिक्षा र स्वास्थ्य क्षेत्रका व्यापारीलाई राज्यमन्त्री बनाइएको भन्दै विरोध हुँदै आइरहेको छ।

कोभिडको महामारीका यो समयमा योग्य र दक्ष व्यक्तिलाई मन्त्रि बनाउन जनस्वास्थ्य विज्ञले सुझाव दिँदै आइरहेका छन्।

आजको बैठकले मन्त्रीको विषय टुंगो लगाए स्वास्थ्य मन्त्रालयले पनि मन्त्री पाउने छ। स्वास्थ्य मन्त्री को हुने भन्ने विषय भने अझै बाहिर आउन सकेको छैन। 

नेताहरुका अनुसार प्रधानमन्त्रीले विवाद भए पनि राज्यमन्त्री श्रेष्ठलाई नै मन्त्रीमा बढुवा गर्ने सम्भावना समेत रहेको बताइरहेका छन्। तर सत्ता गठबन्धनका अन्य देलका नेताहरुले त्यसो नगर्न सुझाव दिएको बताइएको छ।