काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेस महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् ।
उनले आफ्नो वडामा सोमबार बिहान भएको कार्यक्रमलाई सम्बोधन गर्दै आगामी महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
थापाले आफूले कांग्रेसको सदस्यता लिएको ठाउँ, आफ्ना अग्रहरु सबै यहीँ भएको बताउँदै सो ठाउँमा उमेदवारी घोषणा गर्ने जस्तो पवित्र ठाउँ आफ्नो लागि अर्को नहुने बताएका थिए ।
“मैले यहीँबाट सदस्यता लिएँ, मेरा यहाँ थुप्रै अग्रजहरु हुनुहुन्छ, यस्तो पवित्र ठाउँ मेरालागि अर्को हुनै सक्दैन,” थापाले उमेदवारी घोषणा गर्दै भनेका थिए ।
प्रतिक्रिया