मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब कुनै कार्यकारी पद नलिने झलनाथ खनालको घोषणा

अब कुनै कार्यकारी पद नलिने झलनाथ खनालको घोषणा


काठमाडौं । भारतमा मृगौला प्रत्यारोपण गरेर फर्किएका एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनप्रति समर्पित गर्ने बताएका छन् ।

भारतको एपोलो अस्पतालमा उपचार गराएर फर्किएका वरिष्ठ नेता खनालले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताए । 

आफ्नो लिखित वक्तव्य अरूलाई पढ्न दिएका खनालले आफू बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने पनि घोषणा गरेका छन् । 

“यसै पनि ७१ वर्ष पार भएको छु । अब मेरो बाँकी जीवन बोनसको जीवन हो,” खनालले भने, “त्यसैले मेरो बाँकी जीवन देश, राष्ट्रियता, लोकतन्त्र र नेपाली मोडलको समाजवाद निर्माणमा लगाउँछु ।” 

नेता खनाललाई स्वागत गर्न माधव नेपालसिहतका नेताहरू साेमबार विमानस्थल पुगेका थिए ।