अछाम । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती सदस्य धमेन्द्र बीसीले पत्रकार महासंघ अछामको कल्याणकारी कोषमा ५ हजार रुपयाँ सहयोग गर्ने बताएका छन् ।
रेडियो जालपा ढकारीका कार्यकारी निर्देशक समेत रहेका पत्रकार बीसीले आफ्नो जन्म दिनको अवसरमा नेपाल पत्रकार महासंघ अछामले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा ५ हजार सहयोग गर्ने बताएका हुन् ।
जन्म दिनको अवसरमा फजुल खर्च गर्नु भन्दा परोपकारी काममा खर्च गर्नू उत्तम भएको भन्दै उनले जिल्लाका क्रियाशिल संचारकर्मी तथा पत्रकारहरुलाई अप्ठेरो पर्दा सहयोग हुने गरि स्थापना भएको कल्याणकारी कोषमा सहयोग गरेको बीसीले बताए ।
पत्रकार बीसीले आफ्नो जन्म दिन र स्वर्गिय बुवाको ६ महिनाको ऋाद्ध एकैदिन परेको र सोही अवसरमा सहयोग गर्ने निर्णय गरेको सुदूरआजलाई बताए ।
पत्रकार बीसीले यसअघि पनि जन्म दिन बिभिन्न समयमा समस्यामा परेका नागरिक तथा पत्रकारलाई पनि सहयोग गर्दै आइरहेका छन् ।
प्रतिक्रिया