मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस मंगलसेन ७ को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

नेपाली कांग्रेस मंगलसेन ७ को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न


अछाम । नेपाली कांग्रेस मंगलसेन नगरपालिका वडा नं. ७ को बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । आशन्न १४ औँ महाधिबेशन अन्र्तगत यहि भाद्र १८ गते हुने वडा अधिबेशनको तयारी स्वरुप बैठक सम्पन्न भएको छ ।

वडा कार्य समिती सभापति पदम बहादुर थ्यायतको अध्यक्षतामा बसेको अगुवा कार्यकर्ता सहितको बैठकले वडाका ५ वटा टोल कार्य समिती गठनका लागि १८ गते वडा अधिबेशनमा पेश गर्न सोही टोलका ५ जना लाई जिम्मेवारी प्रदान गरेको छ ।

वडा अधिबेशन व्यवस्थित रुपमा सफल पार्नका लागि निर्वतमान वडा सभापति सिद्धराज ढुंगानाको संयोजकत्वमा ५ सदस्यि अधिबेशन व्यावस्थापन उपसमिति गठन गरेको छ ।

यस्तै शिक्षक संघका प्रतिनिधी अम्मर बहादुर खड्काको संयोजकत्वमा ५ सदस्यि आर्थिक व्यावस्थापन उपसमिति समेत बैठकले गठन गरेको छ ।

बैठकले वडा अधिबेशनको प्रचार प्रचारका लागि नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका कोषाध्यक्ष पवित्रा खड्काको संयोजकत्वमा ५१ सदस्यि प्रचार प्रसार उपसमिती समेत गठन गरेको वडा सचिव नम बहादुर बिष्टले बताए ।

बैठकमा जिल्ला कार्य समिती सदस्य नमिता रावल बिष्ट, आमन्त्रीत जिल्ला सदस्य बिष्णु बहादुर खड्का, लाल बहादुर बिष्ट लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।