मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखमा अनेरास्ववियु क्रान्तिकारीको प्रथम सम्मेलन सम्पन्न, साउदकाे काे अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन

मेल्लेखमा अनेरास्ववियु क्रान्तिकारीको प्रथम सम्मेलन सम्पन्न, साउदकाे काे अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन


अछाम : जिल्लाको मेल्लेख गाउपालिकामा अनेरास्ववियु क्रान्तिकारीकाे प्रथम गाउपालिका सम्मेलन सम्पन्न भएकाे छ । बिद्यार्थीनेता भिम महर काे ध्यक्षतामा भएकाे सम्मेलनका प्रमुख अतिथि नेकपामावोबादी केन्द्र जिल्ला सचिबालय सदस्य वीर बहादुर साउद रहेका थिए।

परिबर्तनको सम्बाहक बिद्यार्थी संगठन भएकाेले क्रान्तिकारी संगठनकाे फरक पहिचान रहेकाे बताएका छन । सम्मेलनका बिशिस्ट अतिथि अनेरास्ववियु क्रान्तिकारी का केन्द्रीय सदस्य गंभिर साउदले आगामी दिनमा सबै बिद्यार्थी संगठनकाे नेतृत्व अनेरास्ववियु क्रान्तिकारी संगठनले गर्ने दाबि गरेका छन।

सम्मेलनबाट जगत साउद अध्यक्ष यज्ञराज उपाध्याय र कबिता साउद उपाध्यक्ष, सचिब भिम महर र सह सचिब सेर बहादुर साउद लगायत ३५ सदस्यीय नयाँ अनेरास्ववियु क्रान्तिकारी संगठन गठन गरेकाे छ ।

सम्मेलनमा नेकपामावोबादी केन्द्रका जिल्ला कमिटी सदस्य बालाराम उपाध्याय, मेल्लेख संगठन कमिटी अध्यक्ष ज्वालासिंह साउद, अखिल क्रान्तिकारी जिल्लाआयोजक कमिटी सयाेजक धुर्ब रावल, एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला कमिटी सदस्य मनिराज महर अखिल नेपाल शिक्षक संगठन मेल्लेखका उपाध्यक्ष भरत साउद सदस्य नृप बिक लगायतका सहभागिता रहेकाे थियाे।

मनिराज साउद काे स्वागत मन्तब्य बाट सुर भएको सम्मेलन काे संचालन बिद्यार्थी नेता जगत साउद ले गरेका थिए ।