अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा आर्थिक बर्ष २०७७/०७८ मा स्वस्थ्य क्षेत्रमा भएको प्रगति सहित आगामी आर्थिक बर्ष २०७८/०७९ बार्षिक याेजना तयार गर्दै गाेष्टि सम्पन्न भएको छ । बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि मेल्लेख गाउँपालिका अध्यक्ष लाेक बहादुर बाेहरा काे अध्यक्षतामा सम्पन्न भएको हाे।
अध्यक्ष बाेहराले समिक्षा तथा याेजना तर्जुमा गाेष्टि समापनमा बाेल्दै स्वास्थ्यमा कमि भएका सुचक हरु पुरा गर्न मेल्लेख अन्तर्गतका प्रत्येक स्वास्थ्य संस्थाका समस्या समाधान गर्न स्वास्थ्य मापदण्ड अनुसार संचालनका लागिआवस्यक पर्ने स्राेत साधन अपुग सामाग्री गाउपलिका बाट उपलब्ध गराउन १० दिन भित्र मेल्लेख गाउपालिकामा स्वास्थ्यका समस्या कार्ययोजना सहित पेश गर्न स्वास्थ्य इन्चार्जहरुलाई निर्देशन दिएका छन्।
अध्यक्ष बाेहराले स्वास्थ्य संस्थामा समन्वय सहकार्य र इच्छाशक्ति सृजनशिलताका साथ जनता लाई स्वास्थ्य सेवा बाट कुनै कमि हुन नदिन पनि उनले बताए। स्वास्थ्यमा समस्या समधान गर्न मेल्लेख गाउपालिकाले पहिलो प्रथामिकताका साथ कार्यक्रम अगाडि बढाउने उनले बताए ।
स्वास्थ्य कार्यलय अछामका बरिस्ठ जन स्वास्थ्य अधिकृत झनकराजढुंगानाले स्वास्थ्य सेवा सुधार र गुणस्तरीयता बढाउन पुर्बधार बिकास संगै स्वास्थ्यमा पनि लगानी बढि हुनुपर्ने बताएका छन ।
बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि मा मेल्लेख गा पा का ८ ओटै वडा काे आर्थिक बर्ष २०७७/०७८ मा स्वास्थ्य संस्थाले हाल सम्म भए गरेकाे काम र सेवा प्रबाह समन्धि पेश गरेकाे प्रगति प्रतिबेदन माथि छलफल भएकाे थियाे । स्वास्थ्य बाट दिइने सेवा प्रबाह र आवस्यक स्रोत साधन समन्धि छलफल तथा समिक्षा गरिएको छ।
स्वास्थ्य संस्था थप सुधार र स्वास्थ्य संस्था बाट प्रबाह हुने स्वास्थ्य सुबिधा प्रभाकारी बनाउने उदेश्यका साथ समिक्षा भएको थियो । मेल्लेख स्वस्थ्य शाखाबाट यस अघि संचालन गरेका कृयाकलाप, स्थानीय तहका स्वास्थ्य संस्था सुधार गर्न र स्वास्थ्य का सबै सुचक पूरा गर्न कार्ययोजना सहित तयार पारेकाे छ ।
मेल्लेखका ८ ओटा स्वास्थ्य संस्थामा ठाटि पहिलो।
पालिकामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था मध्य वडा न ३ ठाटि स्वास्थ्य चाैकि प्रथम वडा न ६ शाेडषा स्वास्थ्य चाैकि दाेस्राे र मेल्लेख स्वास्थ्य चाैकि तेस्रो भएकाे छन। ति स्वास्थ्य चाैकिलाई परुस्कृत पनि गरेकाे छ ।
मेल्लेख गाउँपालिका स्वास्थ शाखाकाे आयोजनामा भएकाे स्वास्थ्यकाे बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टिकाे सहजिकरण स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगाना, सिनिएर अनमि टीका शर्मा, मीन बहादुर कुवर, न्याय हेल्थ बयालपाट अस्पतालका प्रमुख मन्दिप पाठक, सेबक नेपाल सुआहारा दाेस्राेका कार्यक्रम सयाेजक सेत बहादुर भुल, श्राेतव्यक्ति प्रितिम श्रेष्ठ, मेल्लेख स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला लगायतले गरेका थिए।
गाेष्टिको समापनमा सहभागी वडा अध्यक्षहरु मध्य बाट वडा न ६ का वडा अध्यक्ष नरपति रावल, स्वास्थ्यकर्मी बाट हिमाल खड्काले मन्तब्य राखेका थिए । ८ ओटै वडाका वडा अध्यक्ष, स्वास्थ्य इन्चार्जको सहभागिता रहेकाे समिक्षा गाेष्टिकाे समापनकाे संचालन मेल्लेख स्वास्थ्य शाखाका नृप बुढाले गरेका थिए।
प्रतिक्रिया