अछाम । नेपाली काग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । भेलामा पार्टीको १४ औ महाधिबेशनको तयारी स्वरुप भोली हुन गईरहेको वडा अधिबेशनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्ने बिषयमा छलफल भएको छ ।
भेलामा नेता तथा कार्यकर्ताहरुले गाउँमै बसेर पार्टीका लागी दिनरात खट्ने व्यक्तिलाई अबको महाधिबेशनमा स्थान दिनुपर्नेमा जोड दिएका छन् । भेलामा सहभागीहरुले पार्टीको महाधिबेशन तथा चुनाबमा मात्र जिल्ला केन्द्रित हुने नेताहरुलाई नेतृत्व दिदा जिल्लामा पार्टी संगठन बलियो हुन नसक्ने धारणा व्यक्त गरेका छन् ।
वडा अधिबेशनको पुर्ब सन्ध्यामा केहि ठाउमा कृयाशील सदस्यताका बिषयमा अन्यौल रहेकाले छिटो समाधान गर्न समेत नेतृत्व तहलाई आग्रह गरेका छन् । भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै पार्टी सभापति भरत कुमार स्वाँरले १४ औ महाधिबेशनलाई एकताको महाधिबेशनका रुपमा सन्देश दिन सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।
उहाँले वडा देखि जिल्ला अधिबेशनलाई मर्यादित,सभ्य र भव्य रुपमा सफल पार्न सबै एकजुट हुनुपर्ने बताए। सभापति स्वाँरले आउनैपर्ने केहि कृयाशील सदस्यहरुको नाम छुट्न गएकाले केन्द्रबाट नै समस्या आएको जानकारी गराए ।
क्षेत्रिय सभापति कृष्ण बुढाको अध्यक्षतामा भएको भेलाका बिशिष्ट अतिथि,पुर्ब सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाह,पुर्ब राजदुत बल बहादुर कुवर, पुर्ब जिल्ला पार्टी सभापति नैन सिंह कडायत, मेघराज खड्का रहेका थिए ।
कार्यक्रममा महासमिति सदस्य राजन कुवर, जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुवर, महाधिबेशन प्रतिनिधि ध्वज बहादुर कुँवर, टक्कर ताम्राकार, पुर्ब महाधिबेशन प्रतिनिधि टिकाराम खनाल, अर्जुन ताम्राकार, जिल्ला पार्टी सचिब भरत कुमाल, कोषाध्यक्ष झकर साउद, जिल्ला कार्यसमिति सदस्य कालु सिह कुवर, मोहन कुवर, प्रदेश क का सभापति राजेन्द्र कुवर, महिला नेत्री शान्ता कुवर, माया कुवर, लक्ष्मी शाह, रुपा आउजी, अप्सरा कुँवर लगायतको नेता कार्यकर्ताको उपस्थीति रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिब भक्त बहादुर कँुवरले गरेका थिए भने स्वागत मन्तब्य क्षेत्रिय सहसचिब मोहन बोगटीले गरेका थिए ।
प्रतिक्रिया