मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट


सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

बागमती प्रदेशस्थित कांग्रेस सांसद नरोत्तम वैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। 

प्रदेश सांसद वैद्यले सर्वोच्चमा रिट दर्ता गरेको जानकारी दिएका छन्। ‘रिट दर्ता भएर प्रक्रियामा गइसक्यो,’उनले भने । 

वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गरेका छन्। ‘कोभिडका कारण नेपाली कांग्रेसको महाधिवेशन सारौँ भनेर रिट दायर गरेको हुँ,’ उनले भने। 

वैद्यले शुक्रबारबाट हुन गइरहेको अधिवेशन सारेर कहिलेबाट सुरु गर्ने भन्नेबारे भने रिटमा केही खुलाएका छैनन्।

अहिलेकै अवस्थामा महाधिवेशन गरे लाखौंको ज्यान जोखिममा पर्ने उनको भनाइ छ। 

‘अहिलेकै अवस्थामा महाधिवेशन गरे लाखौं मानिसको ज्यान जोखिममा पर्ने खतरा छ’ वैद्यले भने, ‘कोभिडको व्यवस्थापन गरौं। सवैलाई भ्याक्सिन लगाऔं।’ 

अहिले महाधिवेशन नगर्दैमा कांग्रेसको वैधानिकतामा कुनै असर नपर्ने पनि उनले जिकिर गरे। सांसद वैद्यले कांग्रेस निर्वाचन आयोगमा २०७३ मंसिर ३० मा दर्ता भएको स्मरण गर्दै, ‘वैधानिकताका कुराहरु आइरहेका छन्। तर, अहिले महाधिवेशन नगर्दैमा वैधता हट्ने कुरा हुँदैन। अहिले त दल दर्ता भएको पाँच वर्ष पनि पुगेको छैन।’

गत साउन ३० गते बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मका लागि निर्धारण गरेको छ। 

त्यसअघि गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँचौँ पटक कार्यतालिका परिमार्जन गर्दै भदौ १६–१९ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो। 

छैटौँ पटक परिमार्जित कार्यतालिकाअनुसार अब यसअघि महाधिवेशन हुने भनिएको भदौ १८ गते कांग्रेसले वडाहरूको अधिवेशन गर्ने भएको छ। यस्तै गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने योजना कांग्रेसले बनाएको छ। 

प्रदेश क्षेत्र क-ख को अधिवेशन असोज १ गते हुनेछ भने संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने छ। जिल्ला अधिवेशन असोज १० का लागि निर्धारण गरिएको छ। 

कांग्रेसले प्रदेश कमिटीको अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने योजना बनाएको छ। यसअघि आन्तरिक विवादका कारण कांग्रेस पटक–पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै आएको थियो। – नेपालखबर