मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चोटिएर जानेहरुले अनेरास्ववियुकाे दायित्व लिन नसक्ने एमाले निकट बिद्यार्थी संगठनको दाबी

चोटिएर जानेहरुले अनेरास्ववियुकाे दायित्व लिन नसक्ने एमाले निकट बिद्यार्थी संगठनको दाबी


अछाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे औपचारिक बिभाजन पछि एकीकृत पार्टीका भातृ संगठनहरु पनि बिगठन भए । नेकपा (एमाले) काे विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा(मावोबादी केन्द्र) काे विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) पनि पुनगठन भएका छन् ।

अहिले नेकपा एमालेबाट माधव नेपाल अलग भएर अर्को पार्टी खोले पछी त्यसका संगठन पनि विभाजित भएका छन् जसको असर बिभिन्न जिल्ला तहमा पनि देखिन थालेको छ . अछाम जिल्लामा पनि दुई खेमामा छुट्टिन थालेका छन् . नेकपा एमाले र एकीकृत समाजबादीले आ आफ्नो पक्षमा बढी सदस्य रहेको दाबी गरिरहेका छन् .

यता नेकपा एमालेको भातृ संगठन विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो पक्षमा सबै जिल्ला कमिटि रहेको दाबी गरेको छ .

अनेरास्ववियु अछामका संयाेजक समेत रहेका अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य निरक शाही, केन्द्रीय कमिटी सदस्यहरु जीवनराज न्यौपाने, नरेन्द्र खड्का, ताराप्रसाद पाण्डे,शिद्ध प्र ढुंगाना, सुरेन्द्र साउद, रुपेन्द्र बि.सी, विवेक खड्का, कर्णबहादुर बुढा, जीवन टिमिल्सेना र माेतिराम टिमिल्सेना नेकपा एमालेमै रहेका छन् .

यस्सतै राेज रावल लगाएतका विद्यार्थी नेताहरु र जिल्ला कमिटीका प्रेम रिमाल, प्रेम देबकोटा, जगत भण्डारी, दिलबहादुर केसी, कमल कोली, डण्डी विक, राजकुमार सुनार, जगत बजगाई, सेर ब साउद, जगत वड, कटकबहादुर बाेगटी लगायतले सबै नेकपा (एमाले) पार्टीकाे आधिकारिक विद्यार्थी संगठन अनेरास्ववियुमै रहेका बिद्रयार्थी नेता जीवन न्यौपानेले बताए .

उनले आफुहरु फुटको पक्षमा नरहेको र पार्टीको आधिकारिक भातृ संगठन अनेरास्ववियु आफु भएको जानकारी दाबी गरेका छन।

केहि संचार मध्यममा आएका समाचार अनुसार “अनेरास्ववियु अछामकाे सिङ्गो टिम नेकपा (एकीकृत समाजवादी) मा समाहित” शिर्षककाे समाचारकाे एमाले निकट बिद्यार्थी संगठनले खण्डन गरेको छ .

उसले अनेरास्ववियु अछामका २० प्रतिशत मात्रै सदस्य मात्रै लिएर चोटियर जानेहरुले अनेरास्ववियुकाे दायित्व लिन नसक्ने र आफुहरुलाई अनेरास्ववियु भन्न नमिल्ने समेत बताएका छन ।