काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई हराएर देखाउन एमाले नेता महेश बस्नेतलाई चुनौती दिएका छन् ।
शुक्रबार नेता बस्नेतको निर्वाचन क्षेत्रमा पर्ने भक्तपुरको कटुन्जेमा पार्टीका वडा अधिवेशनमा उद्घाटन गर्दै सभापति देउवाले भक्तपुरका आफ्ना पार्टीका जिल्ला सभापति दुलर्भ थापालाई आगामी निर्वाचनमा हराएर देखाउन चुनौती दिएका हुन् ।
“बस्नेतजीले मलाई हराउनु पर्दैन । भक्तपुरका पार्टी सभापति दुलर्भ थापालाई हराए हुन्छ । पार्टीका सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु– आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउनुपर्छ,” देउवाले भने ।
देउवाले कोरोनाको संकट भएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै पार्टीको महाधिवेशनमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । उनले सकेसम्म सर्वसम्मतिमै नेतृत्व चयन गर्ने बाटोमा लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया